प्रदेश २ समाचार

प्रदेश २ राष्ट्रियसभा चुनाबमा नेकपाकी तुलसा दाहाल विजयी

माघ ९, धनुषा । राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दाहाल विजयी भएकी छिन् । महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । नगिनाले ४७ सय ४० मतभार ल्याइन् भने तुलसाले ५२सय ८ मत ल्याएर बिजयी भइन् ।

प्रदेश २ समाचार

प्रदेश २ मा मुख्यमन्त्रीले खसाले पहिलो भोट

माघ, ९ काठमाडौँ । राष्ट्रियसभाको निर्वाचनअन्तर्गत प्रदेश २ मा पनि बिहीबार बिहान १० बजेबाट मतदान सुरु भएको छ । बिहान १० बजेदेखि जनकपुरधामस्थित महेन्द्र नारायण स्मृति सदनमा सुरु भएको मतदानमा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहिलो मतदान गरे । मतदान दिउँसो ४ बजेसम्म हुने निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । उनका अनुसार बिहान ११ः३० बजेसम्म […]

प्रदेश २ समाचार

बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

माघ, ९ सर्लाही । सर्लाहीमा बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ । बुधबार कविलासी नगरपालिकामा खेल्ने क्रममा बाल्टिनमा डुबेर नगरपालिका-८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादवको  मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश २ समाचार

हत्या गरी फरार रहेका तीन जना पक्राउ

माघ ६, पर्सा । वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित बाँसघारीमा बहुदरमाई नगरपालिका-७ बस्ने २५ वर्षीय सुरेन्द्र सहनीको हत्या गरी फरार रहेका ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने २२ वर्षीय अजय कुमार साह, २० वर्षीय राजन साह कानु र सोही ठाउँस्थित रानिघाट बस्ने २० वर्षीय कृष्ण कुमार गुप्ता रहेका छन् […]

प्रदेश २ समाचार

रौतहटमा आगलागी हुदा करिब ८ लाखको क्षति

 माघ, ६ रौतहट । रौतहटको पोठियाहीमा आगलागी हुदा करिब ८ लाखको क्षति भएको छ । आइतबार राति गरुडा नगरपालिका-६ पोठियाही बस्ने रामजनम राय यादव र मेहिलाल राय यादवको गोठ जलेर करिब ७ लाख ८५ हजार मूल्य बराबरको क्षति भएको छ । रामजनम राय यादवको गोठमा लागेको आगो मेहिलालको गोठमा समेत फैलिएपछि दुबै जनाको गोठ जलेर […]

प्रदेश २ समाचार

लागुऔषधसहित तीन युवकलाई पक्राउ

माघ ६,लहान । नेपाल प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी कचनारीबाट खटिएको गस्ती टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१ बडहरीबाट लक्ष्मीपुरपतारी गाउँपालिका ५ पथरगढा निवासी २० वर्षीय बलजित दास, लहान नगरपालिका २३ निवासी १८ वर्षीय इन्द्रजित सहनीलाई आइतबार पक्राउ गरेको हो । स ३ प ७९६८ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि मोटरसाइकलमा […]

प्रदेश २ समाचार

धनुषाबाट पेस्तोल सहित दुई जना पक्राउ

माघ १, धनुषा । जनकनन्दनी गाउँपालिका-५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन् । सोही ठाउँस्थित हतियार पड्काउदै हिँडेको भन्‍ने सूचना प्राप्‍त हुनासाथ ईलाका प्रहरी कार्यालय खजुरी […]

प्रदेश २ समाचार

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

पौष,२८ बारा । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने १९ वर्षीय सुनिल साहलाई बारा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला अदालत बाराले ०७२ चैत २१ गते उनीमाथी जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद फैसला गरेको थियो । उनलाई लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिमरा […]

प्रदेश २ समाचार

ट्याक्टरको ठक्करबाट रौतहटमा ३ जनाको मृत्यु

पुस २५, रौतहट । रौतहटमा एकैदिन छुट्टाछुट्टै स्थानमा भएको ट्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । ना५त ९२६७ नम्बरको ट्याक्टरको ठक्करबाट गौर चन्द्रपुर सडकखण्डको शुकदेव चोक नजिकै ना४८प ५७६ नम्बरको मोटरसाइकललाई बिहिवार साँझ ठक्कर दिँदा मोटरसाइकल पछाडी बसेका माधव नारायण नपा–६ माधोपुरका ४५ वर्षीय रामअधार ठाकुरको मृत्यु भएको हो । यस्तै ठक्करबाट गम्भिर घाइते मोटरसाइकल […]

प्रदेश २ समाचार

विराटनगर भन्सारमा आयात निर्यात १२ दिन बन्द

पुस २४, विराटनगर ।   भारतले बीरगञ्ज पुलबाट हुने आवगमन बिहीबार बिहानबाट पुन बन्द गरेको छ । पुल बन्द गर्दा नेपालमा हुने आयात निर्यात ठप्प भएको छ ।  यो पुल हुँदै नेपालकै दोस्रो ठुलो नाका विराटनगर भन्सारबाट भारतसहित तेस्रो मुलुकबाट आयात हुने गरेको थियो । भारतको बथनाहामा रहेको मीरगञ्ज पुल मर्मतका लागि भन्दै भारतले १२ […]